कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौँः कान्तिपुर मिडिया ग्रुरुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिन हिरासतमा राख्न आदेश दिएको छ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेपनि जिल्ला अदालत धनुषाले भने नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले बताए।