सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका दुईसहित ३ जना कैलालीबाट लागूऔषधसहित पक्राउ

२०८१ जेठ ९, ११:२९ खबर संवाददाता

धनगढीः डोटीका दुईसहित ३ जना कैलालीबाट लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिकाको धनगढी रोडबाट धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे, डोटीको शिखर नगरपालिका-४ बस्ने २० वर्षीय रोशन खड्का र दिपायल सिलगढी नगरपालिका-३ बस्ने १९ वर्षीय ललित नाथ पक्राउ परेका हुन्।

तीनै जनालाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नाईट्राभेट ट्याबलेट–७ सहित मंगलवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस