सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका जङ्ग बोहरा ६ दिनदेखि भारतमा सम्पर्कविहीन 

२०८१ जेठ ९, ११:०१ खबर संवाददाता

बझाङः बझाङका जङ्ग बोहरा बिगत ६ दिनदेखि भारतमा सम्पर्क विहीन भएका छन्।

बझाङको जयपृथ्वी नगरपालिका–८ घर भएका ६० वर्षीय बोहरा भारतको हल्द्वानीबाट बेपत्ता भएका हुन्। रोजगारीको सिलसिलामा भारतमा रहेका बोहोरा रानीछेतदेखि काम गरेर रातिको समयमा फर्किने बेला १० बजेदेखि हल्द्वानीबाट बेपत्ता भएको उनका छिमेकी बझाङका प्रतिक बोहराले जानकारी दिए।

उनी जेठ ४ गते (मई १७)मा अन्तिम पटक भारतको हल्द्वानीमा देखिएको बोहराले बताए। उनलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा ९८६५७५८८६४, +९१९९५८४१३९४४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।    

कमेन्ट लोड गर्नुस