सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सम्पन्न भलिबलको उपाधि दशरथचन्द र शिवनाथलाई

२०८१ जेठ ९, ०९:२६ खबर संवाददाता

बैतडीः बैतडीको देहीमाण्डौंमा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले जितेको छ। पुरूषतर्फ दशरथचन्द र महिलातर्फको उपाधि शिवनाथले हात पारेको हो।

मंगलवार सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि जितेको हो। यस्तै महिलातर्फ शिवनाथले पनि मेलौली नगरपालिकालाई ३–१ को सेटमा हराउँदै जित दर्ता गरेको हो।

उपाधि विजेता दशरथचन्द र शिवनाथले समान ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार पाए। उपविजेता मेलौलीले ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार पाएको छ। यस्तै महिलातर्फ पनि उपविजेता बनेको मेलौली ५५ हजार ५५५ रूपैयाँ पुरूस्कार प्राप्त गरेको छ।

कमेन्ट लोड गर्नुस