सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु 

२०८१ जेठ ८, ०७:३०

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन्। मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन्।   

उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताईन्। उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न आग्रह समेत गरिन्। सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताईन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताईन्।

उनले भनिन्,  ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस्। ५० हजार रुपैयाँमा किनेको हो। त्यो सबै रिपोर्ट पनि गरिसकेको छ। मैले किनेको ०५३ सालमा हो। यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो। त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस्। तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ । तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु।’

उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताईन्।
 

कमेन्ट लोड गर्नुस