कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध सामान बरामद
धनगढीः कञ्चनपुरका बिभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ।
दोधाराबाट खटिएको प्रहरी टोलीले ३३ हजार ५ सय, इलाका प्रहरी कर्यालय बेल्डाडीले ७० हजार ४०५ गरी करिब दुई लाख ७२ हजार, ८३१ बराबरको तेल, बिडी, कपडा, चिनी, नरिवल ,दाल, प्लाष्टिक, कुखुरा, माछा, सुपारी र किराना सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।