सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वन र कुटपिट मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

२०८१ जेठ ७, ०७:५० खबर संवाददाता

धनगढीः कैलालीबाट वन र कुटपिट मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दामा ५६ हजार ७० जरिवाना ठहर भएका भजनी नगरपालिका–३ बस्ने ३२ वर्षीय देबबहादुर बुढा र कुटपिट मुद्दामा १ हजार ५५० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ बस्ने ७० वर्षीय गोरखबहादुर सिंह पक्राउ परेका छन्।

अदालतको फैसलाले जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस