कैलालीका विभिन्न ठाउँबाट अवैध सामान बरामद
धनगढीः कैलालीका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ।
धनगढी उपमहनगरपालिका–.२ र ३ ट्राफिक चौराह, राष्ट्र बाणिज्य बैक चोक डिके आयल नजिक, भजनी नगरपालिका–५ हलौनाघाट, पहलमान र कैलारी गाउँपालीका–४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब एक लाख, ८० हजार छ सय ३० बराबरको प्याज, चिनी मिश्री, बिडी, सुर्ती, चक्लेट, अचार, मिठाई, साबुन, प्लाष्टिक झिल्ली, डोरी, पेय पदार्थ, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।