मालपोत कार्यालय धनगढीमा टायम बम फेला, सेनाद्धारा डिस्पोज

२०७६ जेठ १४, १०:०७
सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीको मालपोत कार्यालयमा भेटिएको शंकास्पद वस्तु टायम बम भएको पुष्टि भएको छ। मालपोत कार्यालय परिसरमा आज बिहान भेटिएको शंकास्पद वस्तु टायम बम पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ। यसअघि शंकास्पद वस्तु भेटिएपछि प्रहरीले मालपोत कार्यालयमा घेराबन्दी हालेको थियो।





कमेन्ट लोड गर्नुस