सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस युनियनको २८ औं स्थापना दिवस कैलालीमा पनि मनाईयो

२०७६ जेठ १३, ०६:४९ खबर संवाददाता

नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा धनगढीमा भएको कार्यक्रममा युनियनसंग आवद्ध संचारकर्मीहरुले पेशागत हकहीतका लागी लड्ने बताएका छन्। सोमबार धनगढीमा प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले यतिबेला सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकका विरुद्ध सबैले एकजुट भएर अगाडी बढ्नु पर्ने धारणा राखेका हुन्। 
प्रदेश सभा सदस्य डिल्लीराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षमा कार्यक्रम भएको हो। सो अवसरमा धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जगत साउँद, पुर्व केन्द्रिय सदस्य डाक्टर टिएन जोशी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य कर्ण शाह, पुर्व कैलाली जिल्ला अध्यक्ष दिर्घराज उपाध्याय, प्रेस युनियन कैलालीका पुर्व जिल्ला अध्यक्ष टेकराज जोशी, पर्यटन पत्रकार कैलालीका अध्यक्ष भिम चौधरी, फोटो पत्रकार कैलालीका अध्यक्ष विवेक नागरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
 

कमेन्ट लोड गर्नुस