सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरको सिँचाइ कुलोमा डुबेर एक बालकको मृत्यु

२०८१ जेठ ५, ०७:१८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा सिँचाइ कुलोमा डुबेर एक बालकको शुक्रवार मृत्यु भएको छ।

टीकापुर नगरपालिका-३ शंकरपुरको जमरा सिँचाइ कुलोमा डुबेर सोही ठाउँ बस्ने १३ वर्षीय बालक सिद्दान्त बि.कको मृत्यु भएको भएको हो। ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई बालकलाई सिँचाइ कुलोमा मृत अवस्थामा फेला पारेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस