सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला, २ जना पक्राउ

२०७६ जेठ १३, ०४:५३ खबर संवाददाता

धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला परेको छ। उप–महानगरपालिकाको वडा नम्वर ४ वसपार्क स्थीत श्रीपाल होटलको कोठा नम्वर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको हो। भट्टको शव पूर्ण रुपमा नग्न अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकील सिंहले बताए। भट्टसंगै होटलको कोठामा रहेका धनगढीका २ जनालाई पक्राउ पनि गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका यसपाल मल्ल र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

दुवै जना लागु औसधी सेवनकर्ता रहेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का संकलन गरि अहिले शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा लगिएको प्रहरी निरिक्षक सिंहले बताए। उनका अनुसार मृतकको शरिरमा कुनै पनि किसिमका निलडाम भने देखिएका छैनन्। यद्यपी शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। भारतबाट होटल म्यानेजमेण्टको पढाई सकेर आएका  भट्ट दुई दिनदेखि साथीहरुसंगै होटलमा बसेको बताईएको छ। 

कमेन्ट लोड गर्नुस