एनएमबी बैंकका ग्राहकलाई सुदूरपश्चिम डेन्टलमा छुुटको व्यवस्था
 
						धनगढीः एनएमबी बैंक धनगढी चौराह शाखाले आफ्नो ग्राहकलाई सुदूरपश्चिम डेन्टल अस्पतालमा छुुटको व्यवस्था गरेको छ।
बैंकका सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख श्याम अधिकारी र डेन्टलको तर्फबाट डाक्टर रोशन भट्टले उक्त सम्झौता पत्रमा आज हस्ताक्षर गरेका हुन्। बैंकले आफ्ना गा्रहक र कर्मचारीका लागि आजैबाट लागूहुने गरी सुदूरपश्चिम डेन्टल अस्पताल अत्तरियामा दाँतको उपचार गर्दा २० प्रतिशत छुुटको व्यवस्था गरेको बैंककी व्यवसायिक विकास प्रबन्धक रानु तिवारीले जानकारी दिईन्।
 
    
  उपचार पश्चात उक्त छुट लिनका लागि ग्राहकले एनएमबी बैंकको एटीएम र मोबाइल बैंकीङको प्रयोग गर्नुपर्ने तिवारीले बताएकी छिन्। बैंकले आफ्ना ग्राहकलाई आजैबाट उक्त सेवा लिन समेत आग्रह गरेको छ।
 
    
   
								
 
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
      