सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्यान्टु श्रेष्ठ बने ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी

२०८१ जेठ २, ०६:०५ खबर संवाददाता

नेपालका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा स्थान बनाएका छन्। बुधवार भएको दक्षिण एसियाली छनोटको फाइनलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ को सेटमा पराजित गर्दै ओलम्पिकमा स्थान पक्का गरेका हुन्।

पहिलो सेटमा ११–७ ले जित निकालेका स्यान्टुले दोस्रो सेट भने ८–११ ले गुमाउन पुगे। स्यान्टुले संयोगलाई  ११–७,८–११,११–७,११–६,८–११, ८–११, ११–९ ले पराजित गरे। योसँगै नेपाली इतिहासमै ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन्।

यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए। संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए। संयोगले जयशंका डि सिल्भालाई ४–० को सेटमा र स्यान्टुले चामेरा गिनिगीलाई ४–२ को सेटमा हराएका थिए। 

कमेन्ट लोड गर्नुस