सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोसहित १२ लाख मूल्यको अबैध सामान जफत

२०८१ जेठ २, ०३:४५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ।

आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटोसहित भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर धनगढीसम्म पुगाएका सामान जफत गरेको छ। करिब १२ लाख ९ हजार मुल्यको कुर्ति, साडी, कुर्ति सेट सेण्डो बरामद गरिएको छ।

No description available.

सुदूरपश्चिम प्रदेश ०१००१ से ४७७९ नम्बरको हरियो कलरको अटोमा १२ लाखभन्दा बढीका अबैध सामान धनगढी ल्याइपुगाइएको हो। प्रहरीले अटोसहितको अबैध सामान नियन्त्रणमा लिए पनि संलग्न व्यक्तिलाई भने नियन्त्रणमा लिन नसकेको हो। अहिले बरामद गरिएको अटो र सामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको छ।

कमेन्ट लोड गर्नुस