सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाइप बोकेको भारतीय ट्रकमा आगजनी

। फोटो स्रोत ।
२०७६ जेठ १३, ०१:५७

बारामा पाइप बोकिरहेको भारतीय ट्रकमा एक अज्ञात समुहले आगजनी गरेको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले दिएको जानकारी अनुसार आइतबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको अवस्थामा आगजनी गरिएको हो।

ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ। आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ भने ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस