सुदूर नेपाललाई विश्वसँग जोड्दै

युबा संघका तत्कालीन सेती अञ्चल अध्यक्ष सेती नदीमा बेपत्ता

२०७६ जेठ १३, १२:५३ खबर संवाददाता

डोटीको सेती नदीमा एक जना डुवेर बेपता भएका छन्। डोटीको आर्दश गाँउपालिका वडा नम्बर ५ लामिखालका ४५ बर्षिय पुष्कर सिँह सेती नदीमा डुवेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनी युबा सघका तत्कालीन सेती अञ्चल अध्यक्ष पनि हुन्।

डोटीको गोपघाट नजिक उनी मलाम गएका बेला नुहाउने क्रममा सेती नदीमा डुवेका हुन्। उनको खोजी कार्य जारी छ। नेपाल प्रहरी घटनास्थल पुगेको डोटी प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए। सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको छ। 

कमेन्ट लोड गर्नुस