सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा कार्यालय अगाडी भेटिएकोे शंकास्पद वस्तु नक्कली

२०७६ जेठ १३, ११:४५ खबर संवाददाता

कैलालीमा वडा कार्यालय अगाडी भेटिएको वस्तु ’नक्कली’ भएको पाइएको छ। भ्रम सृजना गर्न उक्त वस्तु राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ को कार्यालय अगाडी बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको देखिएपछि सेनाको टोली डिस्पोजका लागि गएको थियो।

सेनाको टोली पुगेपछि उक्त वस्तु नक्कली भएको र त्रास सृजना गर्न मात्रै राखिएको पाइएको हो। बोरामा १० लिटरको ग्यालेनमा पेट्रोल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। 

कमेन्ट लोड गर्नुस