नदीमा डुबेर कैलालीमा एक बालकको मृत्यु, बालिकाको सेतीमा उपचार हुँदै
धनगढीः कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
अर्की एक बालिकाको भने सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जिल्लाको कैलारी गाउँपालिका–८ स्थित लोहरपुर तेडी बाध नदीमा १३ वर्षीया बालिका दुर्गा साँउद र ७ वर्षीय बालक अमिल खड्का नुहाउने क्रममा डुबेपछि स्थानीयले उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलिया पुगाएका थिए।
तर उपचारकै क्रममा अमिल खड्काको मृत्यु भएको हो। दुर्गा साउदलाई भने थप उपचारका लागि सेती प्रादेशक अस्पताल धनगढी पठाइएको विवरण प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।