सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाका एक युवक लागुऔषध सहित पक्राउ

२०८१ वैशाख २९, ०४:४० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका एक युवक लागुऔषध सहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाको बरपिपल गल्लीबाट विकास कट्टेललाई पक्राउ गरेको हो।

उनको कोठामा चेकजाँच गर्दा लागुऔषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस