सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्कट्टीमा पुल निर्माण थालियो

२०८१ वैशाख २९, ०४:१९ रासस

धनगढीः बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा पक्की पुल निर्माणको काम अघि बढेको छ।

पुल निर्माण गर्न सरकारले २०७९ पुसमा ठेक्का सम्झौता गरेको थियो। तर वातावरणीय प्रभाव मूल्याङ्कनको काम समयमा सम्पन्न नहुँदा काम अगाडि बढ्न सकेको थिएन। बजेट अभाव र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाउन सकेको थिएन।

“वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट समयमा आउन नसक्दा र काम गर्ने अनुमति नपाउँदा डेढ वर्ष ढिलोगरी पुलको काम सुरु भएको हो”, पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका इञ्चार्ज कृष्ण ढुङ्गेलले भने, “कुनै अवरोध नआए काम निरन्तर हुन्छ।”

सम्झौताअनुसार पुलको काम २०८२ कात्तिकभित्र सम्पन्न गरिसक्नुपर्ने हो। पुल निर्माणपछि टीकापुरको व्यावसायीक गतिविधि बढ्ने टीकापुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस