सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा १६ करोड भन्दा बढि बेरुजु

२०७६ जेठ १३, ०७:३४ प्रकाश सिंह

आर्थिक बर्ष २०७४/०७५ मा बाजुरा जिल्लाका ९ वटा स्थानिय तहमा १६ करोड २७ लाख २२ हजार २ सय ५७ रुपैया बेरुजु रहेको छ। त्यस्तै ५ करोड ३१ लाख ३५ हजार ८ सय ७५ भने अनियमित भएको भन्दै राज्यलाई अनिवार्य फिर्ता गर्नुपर्ने महालेखाको प्रतिबेदनले जनाएको छ। महालेखाले बाजुराको नौ वटै स्थानिय तहमा बेरुजु र त्यसमा पनि अनियमित भएको अनिवार्य फिर्ता गर्नु पर्ने प्रत्येक स्थानिय तहमा देखाएको छ। १० करोड ९५ लाख ८३ हजार ३ सय ८२ मा रकममा कागजपत्र नपुगेको प्रतिबेदनमा देखाएको भएपनि कागजपत्र पुयाउने काम समेत नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाल धन बहादुर थापाले वताए। 

बेरुजु रकम सबै भन्दा बडिमालिका नगरपालिकामा ४ करोड ४३ लाख ४६ हजार ८ सय ७७ रहेको छ। यसमा अनियमित भएको अनिवार्य फिर्ता गर्नुपर्ने १ करोड तिन लाख ६४ हजार ८ सय १९ रहेको छ। बुढिन्नदा नगरपालिकामा २ करोड ८४ लाख ५७ हजार १ सय ८२ बेरुजु रहेको छ, यसमा अनिवार्य फिर्ता गर्नु पर्ने १ करोड १७ लाख ८१ हजार ९ सय रहेको छ। खप्तड छेडेदह गाउँपालिकामा २ करोड ९१ लाख ६३ हजार ६ सय ८४ रहेको छ। यसमा ६२ लाख ७६ हजार ७ सय ४२ फिर्ता गर्नु पर्ने रहेको छ। गौमुल गाँउपालिकामा २ करोड ४५ लाख २९ हजार १ रुपैया बेरुजु रहेको छ, यसमा फिर्ता गर्नु पर्ने ६६ लाख २१ हजार १ सय ९९ रहेको छ।

बुढिगंगा नगरपालिकामा १ करोड ५९ हजार ७ सय ७९ रकम बेरुजु रहेको छ भने फिर्ता गर्नुपर्ने १० लाख १५ हजार ३ सय २३ रहेको छ। त्रिबेणी नगरपालिकामा ९७ लाख ३७ हजार ७ सय ८२ बेरुजु रहेको छ भने अनियमित भएर अनिवार्य फिर्ता गर्नुपर्ने ४२ लाख ४३ हजार ६ सय ५५ रहेको छ। हिमाली गाँउपालिका ७० लाख ८१ हजार ८ सय ५५ बेरुजु रहेको छ भने त्यस मध्ये ६२ लाख९७ हजार ५ सय ५२ रहेको छ। स्वामिकार्तिक खापर गाँउपालिकामा ८८ लाख २१ हजार ७ सय ७० बेरुजु रकम मध्ये अनिवार्य फिर्ता गर्नुपर्ने ६० लाख १२ हजार ९ सय ५ रहेको छ। सबैभन्दा कम जगन्नाथ गाँउपालिकामा रहेको छ। गाँउपालिकामा ५ लाख २४ हजार ३ सय २६ बेरुजु रहेको छ भने अनिवार्य फिर्ता गर्नुपर्ने ५ लाख २१ हजार ७ सय ७६ रुपैया रहेको महालेखाको प्रतिबेदनमा उल्लेख रहेको छ । 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस