कैलाली प्रहरी प्रमुख तिम्सिना सरुवा

कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाको सरुवा भएको छ। झण्डै ६ महिने कैलाली बसाईपछि प्रहरी उपरिक्षक तिम्सिनाको सरुवा भएको हो। उनको केन्द्रिय अनुसन्धान ब्युरोमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा अव प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरिक्षक सुदिप गिरि कैलाली आउने भएका छन्।
कैलालीका प्रहरी प्रमुखसंगै प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षकको सरुवा गरेको जनाएको छ। सिरहामा उमाप्रसाद चतुर्वेदी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ।
यस्तै पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ।




