सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एअरले सोमबारदेखि काठमाण्डौ कोलकाता उडान गर्दै

। फोटो स्रोत ।
२०७६ जेठ १२, ०५:४२

सोमबार देखि बुद्ध एअरले काठमाण्डौ–कोलकाता उडान गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले  सोमबारदेखि काठमाण्डौ–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको जानकारी दिए।

उनले अन्तराष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाण्डौ–कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तराष्ट्रिय उडान सुरु गरिने बताए। हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस