सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकियो, ३५ प्रतिशत मात्रै प्रगती

२०७६ जेठ १२, ०५:४१ रोशन भट्ट

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिएपनि भौतीक प्रगती भने ३५ प्रतिशत मात्रै भएको छ। निर्माण व्यवसायी र आयोजना कार्यालयको लापरवाहीका कारण निर्माण अवधी सकिएपनि आधा प्रगती समेत हुन नसकेको हो। ६ लेन सडक अन्तरगत ठेक्का नम्वर १ अर्थात मोहनापुलदेखि बोराडाँडी सम्मको म्याद जेठ ९ गते सकिएको छ भने बोराडाँडीदेखि अत्तरिया सम्मको ठेक्का नम्वर २ र ३ को निर्माण अवधी बैशाख ३० गते नै सकिएको थियो। तर अहिले सम्म आयोजना कार्यालय भने म्याद थपको निर्णय गरेको छैन्। 

निर्धारित समयमा काम सम्पन्न नभएपछि निर्माण व्यवसायीहरुले आयोजना निर्माणको समय थप गर्न माग गरेका छन्। आयोजना कार्यालयका अनुसार नागार्जुन निर्माण सेवा र राजेन्द्र निर्माण सेवाले डेढ–डेढ बर्ष अझै म्याद थपको माग गरेका छन्। ठेक्का सम्झौताको डेढ बर्ष सम्म विभिन्न अवरोधले कुनै पनि काम गर्न नसकिएले डेढ बर्ष नै म्याद थप्नुपर्ने माग राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टको छ। उनले भने– ‘सुरुमा घरधनीको विरोध, त्यसपछि रुख कटानी आदेशमा भएको ढिलाई, विद्युतका पोल र खानेपानीको लाईन स्नतान्तरणमा नै धेरै समय लागेकाले समयमै निर्माण सम्पन्न नभएको हो।’ 

नागाअर्जुन निर्माण सेवाका ईन्जिनियर विसम्वर यादवले पनि म्याद थपका लागि निवेदन पेश गरेको बताए। दुवै निर्माण कम्पनीले डेढ–डेढ बर्ष म्याद थपका लागि माग गरेको आयोजना कार्यालयले जनाएको छ। तर आयोजना कार्यालय भने बढिमा एक बर्ष म्याद थप्ने मनसायमा देखिएको छ। निर्माण व्यवसायीले समय थप गर्नको लागि निवेदन दिएको भएपनि सरोकारवाला निकायसंग छलफल गरेपछि मात्र कति समय थप्ने भन्ने टुङ्गो लाग्ने आयोजना प्रमुख होम बहादुर एसीले बताए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस