सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहण गर्ने क्रममा एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १२, ०२:३२

हिमाल आरोहण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार हिमाल मकालु हिमाल आरोहणको क्रममा मकालु गाउँपालिका वडा नम्बर २ नुर्बागाउँका ४४ वर्षीय निमातेन्जी शेर्पाको मृत्यु भएकोे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमकुमार लामाले दिएको जानकारी अनुसार मृतकको शव पोष्टमार्टमका लागि आइताबार हेलिकोप्टरमार्फत खाँदबारी लगिएको छ। उनको शव  पोष्टमार्टम गरी शव आजै आफन्तलाई जिम्मा लगाइने डिएसपी लामाले बताए। शेर्पाको क्याम्प ३ मा मृत्यु भएको जननाइएको छ।

कमेन्ट लोड गर्नुस