सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई घरबाट खसी चोरी, दुई जना पक्राउ 

२०८१ वैशाख २५, ११:३० खबर संवाददाता

धनगढीः धनगढीमा दुई घरबाट खसी चोरी भएको छ।

धनगढी उपमहानगरपालिका-१८ को रामबहादुरको घरबाट २ ओटा र सोही ठाउँका सुशिल दमाईको घरबाट १ ओटा खसी चोरी गरिएको हो। चोरी गर्ने १८ वर्षीय संकेत घिमीरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस