सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाघको आतंक

२०७६ जेठ १२, ०१:०८ खबर संवाददाता

कैलालीको मोहन्याल गाउँपालिका–७ मा बाघले आतंक मच्चाउन थालेको छ। वडा नम्वर ७ का ज्योतीनगर, माल्चाना, चनौटे, कोसेनी लगायतका ठाँउमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन्। सो क्षेत्रमा स्थानियका करिब ३० वटा बाख्रा बाघले खाएको स्थानीय लोकेन्द्र बहादुर शाहीले बताए।

गएको १० दिनको अवधिमा उक्त संख्यामा बाघले बाख्रा खाएको उनले बताए। शनिवार दिउँसो मन बहादुर शाहिका ६ वटा बाख्रा एउटा कुकुर, शनिवार राती नै ज्योतीनगरका स्थानीय राम बहादुर शाहिका ३ वटा बाख्रा, माल्चानाका स्थानीय बालाराम जोशीको एउटा बाख्रा, एक हप्ता अगाडी बिष्णु बहादुर शाहिका २ वटा बाख्रा र भरत जोशीका २ वटा गोरु र एउटा बाच्छो बाघले खाएको छ। यस्तै माल्चानाका खकेन्द्र देवकोटाको एउटा बाख्रा, घट्टेमा एक स्थानीयका २ वटा बाख्रा, चनौटेका स्थानिय रण बहादुर शाहिका गएको ७ दिनमा १६ वटा बाख्रा मारेको छ। एक हप्ता अगाडी भागिरथ जैशीका २ वटा बाख्रा मारेको छ। 
 

कमेन्ट लोड गर्नुस