सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा घरभित्र वृद्धाको हत्या, श्रीमान् र नाति गम्भीर

२०७६ जेठ १२, १२:४८ खबर संवाददाता

दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ३ काटैमा एक वृद्धा मृत भेटिएकी छिन्। ७१ वर्षीया द्रोपती महरा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन्। रातिसँगै सुतिरहेका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ। 
मृतकका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका हुन्। अहिले घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगेको र थप अनुसन्धान भईरहेको प्हरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस