सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डढेलो नियन्त्रणका लागि आवश्यक सामाग्रीको अभाव

२०७६ जेठ १२, १०:०४ कमल सावद

वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने प्राविधिक सामाग्रीको अभावले कैलालीमा वर्षेनी ठुलो वन क्षेत्र प्रभावित हुदै आएको छ। वन डढेलो व्यवस्थापन रणनीतिमा आधुनिक प्रविधिको प्रयोग गरी वन डढेलो नियन्त्रण तथा रोकथाम गर्ने कुरा उल्लेख गरिएको छ। तर कैलालीमा भने विभिन्न कारणबाट गर्मी मौसममा लाग्ने डढेलो नियन्त्रणका लागि भने कानुनमा व्यवस्था भएका कुराको लागु नगरिएको पाईएको छ। नेपालमा सबैभन्दा बढि वन क्षेत्र रहेको कैलालीको झण्डै ७२ हजार हेक्टर बढि क्षेत्र डढेलोबाट प्रभावित भएको छ। तर नियन्त्रणका लागि आधुनिक यन्त्र उपकरण नहुँदा समस्या हुदै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका सशस्त्र प्रहरी उपरिक्षक विष्णु प्रसाद भट्टले बताए। 

वन डिभिजन कार्यालय र शव डिभिजन कार्यालयहरु समेत बेला बखत समुदाय स्तरमा विभिन्न किसिमका जनचेतनामुलक तालिम, गोष्ठी सञ्चालन गर्दै आएका छन् तर कैलालीमा भने वन डढेलो नियन्त्रणका लागि आवश्यक सामाग्रीको अभाव रहेको छ। एकातीर डढेलो नियन्त्रणका लागि आवश्यक सामाग्रीको अभाव छ भने अर्कोेतिर तरिका समेत थाहा नहुदा समुदायका नागरिकले घरेलु उपयाहरुले आगो निभाउदै आएका छन्।  वन कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुले पनि सोही विधी प्रयोग गर्ने गरेका छन्।  त्यसरी डढेलो निभाउन खोज्दा जलेर ज्यान गएका उदाहरण समेत प्रशस्तै रहेका छन्। तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले पुराना उपकरण भएपनि आगलागी नियन्त्रणका आधुनिक उपकरण नभएको बताए। 

कैलालीमा एक लाख ८० हजार वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्र आगलागीबाट प्रभावित भएको छ। गर्मी  मौसम सुरु भएसंगै कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो पनि नियन्त्रणमा छैन्। तराईका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरुमा पनि डढेलो छ। डढेलो प्रभावित क्षेत्रमा सुरक्षा निकायबाट टोली जाने गरेको हुन्छ। तर उनीहरु संग उपकरण भने केही हुदैनन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस