सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल बन्दको २१ दिन : ३० प्रतिशत मात्र प्रगती

२०७६ जेठ ११, ०३:०१ रोशन भट्ट

धनगढी विमानस्थल बन्द भएको २१ दिन पुगेपनि ३० प्रतिशत मात्रै प्रगती भएको छ। गत बैशाख २२ गते देखि जेठ २१ सम्म विमानस्थल एक महिना पूर्ण बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम सुरु गरिएपनि  ३० प्रतिशत मात्रै भौतिक प्रगती भएको हो। धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारका लागि दिईएको एक महिनाको समय सकिन १० दिन बाँकी रहेका बेला ३० प्रतिशत मात्र प्रगती भएपछि निर्धारित समयमै काम सम्मपन्न हुनेमा आशंका थपिएको छ।

अहिले जिर्ण भएको धावन मार्ग खन्ने काम सकिएको भएपनि स्टीमेट भन्दा बढि काम गर्नुपर्ने भएकाले निर्माणमा थप समय लाग्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व इञ्जिनीयर योगेन्द्रराज शर्माले बताए। दुई फिट गहिरो मात्रै खाडल बनाउनुपर्ने योजना थियो भने अहिले धावन मार्गको आठ सय ५० मिटर लम्वाईमा साढे चार फिट गहिरो खाडल खनिएको छ। धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको निर्माण कार्य सक्न जेठ २१ ग्ते सम्मको लागि समयसिमा तोकिएको थियो।

अन्य अवरोध नआएपनि जमिनको वनावटका कारण काम बढी गर्नुपर्ने भएकाले थप समय लाग्ने भएको हो। धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले पनि निर्माण सामाग्रीहरु ओसार्न पनि समस्या भएको निर्माण व्यवसायी रत्नबहादुर खड्काले बताए। यस्तै निर्माणधिन अवस्थामा रहेको धनगढी विमानस्थलको अनुगमन गरिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवम प्रदेशसभा सदस्य डा. रणबहादुर रावल,  प्रदेशसभा सदस्य डिल्लीराज पन्त, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदूरपश्चिम अध्यक्ष मायाप्रकाश भट्ट सहितको टोलीले विमानस्थलको अनुगमन नीरिक्षण गरेको हो। 
  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस