सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वन क्षेत्रको अतिक्रमण हटाउने अभियान औपचारिकतामै सीमित

२०७६ जेठ ११, ०२:१६ कमल सावद

नेपालमा सबै भन्दा बढि वन क्षेत्र रहेको कैलालीमा २५ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपनि अतिक्रमण हटाउने अभियान भने औपचारिकतामै सिमित भएको छ। १० वर्षीय जनयुद्ध, विभिन्न संक्रमणकाल, राजनीतिक स्वार्थ लगायतका कारण कैलालीको वन क्षेत्र अतिक्रमित भएपनि अतिक्रमण हटाउने अभियान भने प्रभावकारी हुन नसकेको हो। २ लाख पाँच हजार हेक्टर वन क्षेत्रको रहेको जिल्लामा विभिन्न क्षेत्रबाट २५ हजार हेक्टर अतिक्रमित रहेको छ। अहिले एक लाख ८० हजार वन क्षेत्र कैलालीको बाँकी रहेकोमा पुन विभिन्न क्षेत्रबाट अतिक्रमण हुर्दै आएको छ।

राजनीतिक स्वार्थका कारण विभिन्न क्षेत्रबाट भएको वन अतिक्रमण हटाउने अभियान प्रभावकारी हुन नसकेको हो। बााकी रहेको वन क्षेत्रमा पनि अहिले आएर स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारले नै आखा गाड्न थालेपछि वन क्षेत्र थप असुरक्षित भईरहेको छ। तर अतिक्रमण हटाउने अभियानले भने सार्थकता पाउन सकेको छैन्। अहिले त वन डिभिजन कार्यालय र सड डिभिजन कार्यालयहरुसंग अतिक्रमण खाली गर्न ठोस कार्यक्रम समेत नभएको डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी भिम ढकालले बताए।

 स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएदेखि वन कार्यालयहरुले कुनै पनि अतिक्रमित क्षेत्र खाली गरेको देखिएको छैन्। केही क्षेत्रमा वनमा अतिक्रमण गरि बनाएका संरचनाहरु वनका कर्मचारीले भत्काए पनि पुनः स्थानीयले संरचना निर्माण गर्ने गरेका छन्। वन क्षेत्रमा उल्टै मन्दिर निर्माण गर्ने, वडा कार्यालय निर्माण गर्ने, विद्यालयका भवन निर्माण, खानेपानी आयोजना निर्माण गर्ने लगायतका कामहरु भने हुदै आएका छन्।

झन प्रदेश सरकारले पनि अव वन क्षेत्रमै राजधानी बसाल्ने योजना अगाडी बढाईरहेको छ। अहिले डिभिजन वन र शव डिभिजनलाई बाँकी रहेको एक लाख ८० हजार वन क्षेत्र पनि जोगाउन चुनौति बढेको छ। दिर्घकालिन योजना नभएका कारण वनको अतिक्रमण हटाउन चुनौति वनका कर्मचारीहरुलाई छ। कैलालीमा ७० हजार हेक्टर वन क्षेत्र सामुदायिक वनहरुसंग छ।

समुदायले संरक्षण गर्दै आएको वन भने राष्ट्रिय वनको तुलनामा संरक्षित छ। एक हजार ८ सय हेक्टर क्षेत्रमा  बाह्र वन,  ६८ हजार क्षेत्रमा बसन्ता जैविक मार्ग कैलालीमा पर्छ। बाँकी क्षेत्र अझै पनि राष्ट्रिय वन क्षेत्र रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस