सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीमा एक जनाको १५ कठ्ठा जमिनमा लगाइएको उखुमा आगलागी

२०८१ वैशाख १७, ०५:२७ खबर संवाददाता

धनगढीः लम्कीमा एक जनाको उखुबारीमा आगलागी भएको छ।

कैेलालीको लम्कीचुहा नगरपालिका–६ पिपरकोटीका गणेश तिमिल्सेनाको १५ कठ्ठा खेत बारीमा लगाएको उखुबारीम आगलागी भएको हो । लम्की–६ का टोपे धामीले गहुँको नल जलाउन लगाएको आगो फैलिन गई उखुवारीमा आगलागी भएको हो।

स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको छ। उक्त खेतबारीमा रहेको उखु पुर्ण रुपमा जलि अन्दाजी तीन लाख बरावरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस