सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कांग्रेस र एमालेबिच कडा टक्कर, एमालेले मत बढाउँदै

२०८१ वैशाख १७, १२:४७ खबर संवाददाता

धनगढीः बझाङमा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ।

बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ। अब दुईवटा पालिका मात्र गन्न बाँकी छ। जिल्लाको तलकोटको १, २ र ३ वडा सम्मको मतगणना हुँदा कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाईपछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि बढेका थिए। अहिलेसम्म नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारी अगाडि छन्। उनले १०५६१ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्। माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्। ५० वडा रहेको यो क्षेत्रमा अब दुई वडाको मत गणना गर्न बाँकी छ। २०७९ को चुनावमा बझाङमा गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो।

कमेन्ट लोड गर्नुस