सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा दुुई वडामा मत गणना हुँदा एमालेका उम्मेदवारको अग्रता

२०८१ वैशाख १६, ०४:३० खबर संवाददाता

बझाङः  बझाङ –१ को (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको–१ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मतप्राप्त गरेका छन् भने २८ मत बदर भएका छन्।
 

कमेन्ट लोड गर्नुस