सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाम–२ मा ५२ प्रतिशत मत खस्यो

२०८१ वैशाख १५, ०४:२६ खबर संवाददाता

इलामः इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ। अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो। इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ। 

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक ?पमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ।
 

कमेन्ट लोड गर्नुस