सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरबाट लागुुऔषध मुुद्धाका फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख १३, ०५:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागऔषध मुुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका रमेश दमाइ आज(बिहीवार) पक्राउ परेका हुुन्। उनलाई जिल्ला अदालतले २०८० भाद्र १९ गते लागुऔषध (खैरोहिरोईन) को मुद्धामा ५ महिना ०३ दिन कैद सजाय तोकेको थियो।

सोही दिनबाट फरार रहेका दमाइलाई प्रहरीले बिहीवार घरबाटै पक्राउ गरेको हो। उनलाई सजाय भुुक्तानको लागि जिल्ला अदालतमा पेश गराईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस