सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको ग्वाल्लेक संरक्षीत वन क्षेत्रमा ५० क्यामरा जडान

२०८१ वैशाख १३, ०४:२५ खबर संवाददाता

बैतडीः बैतडीमा नरभक्षीं चितुवाको खोजीका लागि क्यामरा जडान गरिएको  छ। मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको हो।

तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन्। चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन्। मानवले थापेको पासोमा परेर १२ वटा चितुवा पनि मरेका छन्।

मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले बताए। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोली बैतडी पुगेको छ।
 

कमेन्ट लोड गर्नुस