सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका दुई युवक लागूऔषधसहित पक्राउ

२०८१ वैशाख १३, ०८:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

बेदकोट नगरपालिका-७ सुडाबाट ३.०९ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिबेक चौधरी र भीमदत्त नगरपालिका–१८ भगतपुरबाट ०.२६ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल चन्दलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।

यी दुबैलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस