सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भाइले ढुङ्गा हानेर दाइको हत्या

२०८१ वैशाख १२, ०७:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जनाले आफ्नै दाइको ढुङ्गा हानेर हत्या  गरेका छन्।

भीमदत्त नगरपालिका–१ सृजना टोलका ३५ वर्षीय दिपक नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले आफ्नै दाइ नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस