सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नगर प्रहरीलाई सशक्त बनाउँदै उपमहानगर

२०८१ वैशाख १२, १०:२६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा नगर प्रहरीलाई उपमहानगरपालिकाले सशक्त बनाउँदै लगेको छ।

उपमहानगरले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्दार लगायत विषयमा आवश्यक तालिम दिन थालेको छ। उपमहानगरपालिकाले नगर प्रहरीलाई भत्केका संरचनामा गरिने खोज तथा उद्दार सम्बन्धी र भवनमा हुने क्षतिको लेखाजोखा सम्बन्धी तालिम समेत दिइरहेको छ। यस प्रकारको तालिम अहिले जारी छ। यसअघि नगर प्रहरीलाइ सर्प समात्ने तालिम पनि प्रदान गरिएको थियो।

May be an image of 9 people and text

तालिमपछि दक्ष बनेका नगर प्रहरीले झण्डै चार सयको संख्यामा घरभित्र पसेका सर्प समातेर उद्दार गरेको थियो। त्यस्तै आगलागीबाट बच्न र त्यसका लागि अपनाउनुपर्ने सुरक्षा लगायत विषयमा पनि नगरप्रहरीलाइ तालिम प्रदान गरिएको छ। नगर प्रहरीलाइ आवश्यक स्रोतसाधन समेत उपलब्ध गराएर नगरवासीको सुरक्षा र उद्दारमा खटाउने काम भइरहेको छ।

अबैध भौतिक संरचना खाली गर्नेदेखि सडकमा अलपत्र फेला परेका व्यक्तिको उद्दारमा समेत नगर प्रहरीको भुमिका प्रभावकारी बन्दै गएको छ। नगर प्रहरीले नै धनगढीमा कसैको निधन भए उपमहानगरपालिकाको झण्डा ओडाएर मृतआत्माको सम्मानसहित श्रद्धाजली दिने काम पनि गर्दै आएको छ।

May be an image of 4 people and text

विपदको समयमा २४ सै घण्टा नगर प्रहरीलाइ तयारी अवस्थामा राखिएको छ। साथै उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवा समेत यसअघि नै सञ्चालनमा ल्याइसकेको छ। विपद परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको हो। उपमहानगरभित्रका १९ वडाभित्रै यस्तो सेवा प्रदान गर्ने काम भइरहेको छ।

कहिँकतै आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो। यसका लागि हाल उपमहानगरपालिकाले दुईवटा फायर बायक तयारी अवस्थामा राखेको छ।

May be an image of 5 people

आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकमभन्दा यो छिटो हुने उपमहानगरपालिकाले जनाएको छ। तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ। आगलागी तथा विपदजन्य जोखिमका बेला फायर बाइक दमकल उपयोगी मानिएको छ। युएनडीपी र उपमहानगरपालिकाको सामान ५०/५० प्रतिशत लगानीमा यस्तो सेवा सञ्चालनमा ल्याइएको हो।

कमेन्ट लोड गर्नुस