सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक घर र फेन्सी पसलमा आगलागी 

२०८१ वैशाख १२, ०८:२० खबर संवाददाता

धनगढीः कैलालीमा एक घर र फेन्सी पसलमा आगलागी भएको छ।

मोहन्याल गाउँपालिका–६ बिजगडा बस्ने शिकुराम जैशीको घर र गोठमा जंगलमा लागेको आगोबाट मंगलवार साँझतिर आगलागी भएको हो। जैशीको घरमा आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी १ लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

यस्तै गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोड स्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा मंगलवार राति आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।  

आगलागी हुँदा पसल भित्र रहेका सम्पुर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। पसलमा भएको आगलागीको क्षतीको विवरण आउन बाँकी रहेको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस