सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एकै दिन १५ लाख बढीका सामान बरामद 

२०८१ वैशाख १२, ०७:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट एकै दिन १५ लाख बढीका सामान बरामद गरिएको छ।

बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैध रुपमा भारतरबाट नेपाल ल्याउदै गरेको १४ लाख ५० हजार मूल्यको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली २ थान ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त–१७ मझगाउँ, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी नगरपालिका–२ बैजुडाडा र बन्दातालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ९ हजार ९८० मूल्य बराबरको प्याज, चिनी, दाल, हरियो केराउ, मोबिल, पेय पदार्थ, माछा, साईकल ३ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

जम्मा १५ लाख ५९ हजार ९८० मूल्यको गहुँ, ट्राली र सामानसहित मंगलवार नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस