सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट सवारी ज्यान मुद्दाका दुई फरार दोषी पक्राउ

२०८१ वैशाख १२, ०७:३५ खबर संवाददाता

धनगढीः कैलालीबाट सवारी ज्यान मुद्दाका दुई फरार दोषी पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय र ४ हजार जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–६ बस्ने २४ वर्षीय टेकबहादुर खड्का र १ महिना ९ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका–८ बस्ने २६ वर्षीय सरोज चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको फरक-फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि दुबै जना फरार रहेका थिए। फरार दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

कमेन्ट लोड गर्नुस