सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोईनसहित दुई युवक पक्राउ 

२०८१ वैशाख ११, ०८:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट थप अनुसन्धान गरिरहेको छ।  

कमेन्ट लोड गर्नुस