सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ

२०८१ वैशाख ११, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ पटरीघाटबाट ५ ग्राम ४३० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–८ बस्ने १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय किशोर गरि दुई जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी उनीहरुले प्रयोग गरेको मोटरसाईकल १ थान र उक्त पदार्थसहित दुबैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस