भरूवा बन्दुकसहित एक जना पक्राउ
नवलपरासीः नवलपरासीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका– सुनइका ३६ वर्षीय तारा बहादु चिडी रहेको प्रहरीले जनाएको छ। तारालाइ भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनलाइ इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।