सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१ वैशाख १०, ०३:२३ खबर संवाददाता

नवलपरासीः नवलपरासीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा  जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका– सुनइका  ३६ वर्षीय तारा बहादु चिडी रहेको प्रहरीले जनाएको छ। तारालाइ  भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनलाइ इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस