सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक गुणस्तर सुधार गर्न हिमालय बैंकले गर्‍यो आर्थिक सहयोग

२०८१ वैशाख १०, १०:५१ खबर संवाददाता

धनगढीः शैक्षिक गुणस्तर सुधार गर्न हिमालय बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो। बैंकले ३८ जना बालिकाहरूको पोशाकका लागि १ लाख ९९ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो। उपमहानगरपालिकाले उक्त रकमबाट धनगढीका नमुना विद्यालयमा अध्ययनरत ३८ जना छात्राका लागि विद्यालय पोशाक खरिद गरेर उपलब्ध गराउनेछ।

कमेन्ट लोड गर्नुस