सञ्जीवनी अस्पतालमा सैपाल ग्याँसको डिलर तथा उपभोक्ताले छुट पाउने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/08f38482-346b-4ded-866c-3c6c2235c304%20%281%29.jpeg?itok=QtGHc2ps)
धनगढीः कैलालीको धनगढीमा रहेको सञ्जीवनी अस्पतालमा सैपाल ग्याँसको डिलर तथा उपभोक्ताले छुट पाउने भएका छन्।
सञ्जीवनी अस्पतालले दिइरहेको सेवा सुविधामा कन्सल्टेन्ट ओपीडी, माईनर एण्ड मेजर अपरेसन, फारमेसीमा १० देखि ४० प्रतिशतसम्म सैपाल ग्याँसको डिलर तथा उपभोक्ताले छुट पाउने व्यवस्था गरिएको सैपाल ग्याँसका प्रबन्धक संगम भण्डारीले जानकारी दिए।
यस सेवाका लागि सैपाल ग्याँसको डिलरमा गई डिलर तथा उपभोक्ताले स्वास्थ्य उपचार कार्ड लिनुपर्ने उनले बताएका छन्। अस्पतालको तर्फबाट डाक्टर अम्रितराज जैशी र सैपालको तर्फबाट भण्डारीले समझौता पत्रमा हस्ताक्षर गरेका छन्।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)