सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना प्राध्यापक पक्राउ

२०८१ वैशाख ९, १०:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा एक जना प्राध्यापक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ का राजेन्द्र धामी शनिवार पक्राउ परेका हुन्। धामीलाई उनकै श्रीमतीले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।

धामी बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक हुन। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस